Rule 85
समितिको काम, कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई कोषबाट प्रदान गरिने सेवा, सहायता तथा कार्यक्रम तर्जुमा गर्ने;

(ख) कोषको रकम वृद्धिका लागि सरकारी-तथा गैर सरकारी निकायसँग समन्वय गर्ने,

(ग) विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई राहत स्वरुप दिइने रकमको मापदण्ड बनाई लागू गर्ने,

(घ) स्वीकृत कार्यक्रम . कार्यान्वयन भए, नभएको सम्बन्धमा अनुगमन गर्ने,

(ङ) परिषद्को सिफारिस बमोजिम कोषको परिचालन गर्ने ।